कक्षा कोठामा अध्ययन गर्दै सांसद गगन थापा

229

चैत १५,
काठमाडौँ -नेपालस्थित अमेरिकी राजदुतावासले नेपाली कांग्रेस नेता तथा सांसद गगन थापाले अध्ययन गर्दै गर्दाको तस्विर सार्वजनिक गरेको छ। शुक्रबार सामाजिक सञ्जालहरू बाट कक्षा कोठाको उक्त तस्विर सार्वजनिक गर्दै दुतावासले लेखेको छ,’हेर्नुस् त, कक्षामा को छ ?’ दुतावासको तस्विरमा थापाले अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलस्थित कक्षा कोठा अध्ययन गरिरहेका छन्। तस्विरसँगै सांसद थापालाई उदृत गर्दै दुतावासले लेखेको छ,’उहाँ भन्नुहुन्छ-मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुस गरीरहेको छु। एकदमै रमाइलो लागेको छ।’

दुतावासले सांसद थापा ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्ष अध्ययन गरिरहेको जनाएको छ। सँगै थापालाई रमाइलो सिकाइको कामना समेत दुतावासले गरेको छ।