चैत ११,
काठमाडौँ -आजदेखि तीन दिनसम्म वर्षा हुने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ । सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविदहरुले जनाएका छन् । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण नेपालको मौसममा परिर्वतन आएको हो ।
आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । साथै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना साथै हिमपातको पनि सम्भावना रहेको छ ।
विभागका अनुसार बुधबार पनि देशको पूर्वी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका केही स्थानमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । पूर्वी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पश्चिमी उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।