Saturday, September 19, 2026
Home समाचार एसपी विष्टलाई साढे १० लाख धरौटी बुझाउन आदेश

एसपी विष्टलाई साढे १० लाख धरौटी बुझाउन आदेश

91

चैत १०, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीका निलम्बित एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले आदेश दिँदै दिलिपसिंह विष्टका दाइ खडक विष्टले दिएको यातनाविरुद्धको मुद्दामा ६ लाख रुपैयाँ धरौटी र निर्मलाकी आमा दुर्गादेवी पन्तले दिएको प्रमाण नष्टको मुद्दामा ४ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। नगद वा बैंक ग्यारेन्टी धरौटीका रूपमा बुझाए डिल्लीराज विष्टलाई छोड्न र त्यसो गर्न नसके कारागार चलान गर्न आदेश भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। -थाहा खबर