‘ए मेरो हजुर ३’ को दोश्रो गीतको यस्तो तहल्का, भिडियो सहित

123

चैत ९,
काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ को दोश्रो गीतले युटुवको एक दिने म्युजमा नयाँ रेकर्ड बनाएको छ । शुक्रबार दिउँसो अपलोड गरिएको ‘परान’ बोलको गीतलाई शनिबार दिउँसोसम्म दश लाख भन्दा बढीले हेरेका छन् ।
आशिष अविरलको संगीत रहेको गीतमा शब्द आनन्द अधिकारीको शब्द छ । स्वर आशिष र अञ्जु पन्तले स्वर दिएका छन् । युवा स्टार स्टार अनमोल केसी र नव नायिका सुहाना थापा प्रस्तुत गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । ‘परान’ पुर्व फिल्म ‘शत्रुगते’ मा समावेश ‘रुपै मोहनी’ले एक दिनमा ८ लाख ४७ हजार युटुवमा भ्युज पाएको थियो भने ‘छक्का पञ्जा २’ को ‘नाइलनको साडीमा’ले ८ लाख १२ हजार भ्युज पाएको थियो । झरना थापा निर्देशित फिल्म यही चैत २९ गतेदेखि प्रदर्शन हुँदैछ । टिजर र गीत संगीतको चर्चासँगै ‘ए मेरो हजुर ३’ थप प्रतिक्षित बनेको छ । साँगीतिक लभ स्टोरी फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
गीतको भिडियो हेर्नुस्ः