चैत २,
भक्तपुर । भक्तपुरको दरवार स्क्वायरमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । पद्म माध्यमिक विद्यालय तथा पद्म कलेजको संयुक्त आयोजनामा शिविरको सञ्चालन भएको हो । मध्यपुर अस्पतालको प्राबिधिक सहयोगमा संचालित शिविरमा विद्यालय अध्ययनरत विद्यार्थी र भक्तपुरमा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको छ । स्वास्थ्य शिविरमा मध्यपुर अस्पतालमा उपलब्ध हुने सबै सेवाहरु ओपिडि, मानसकि रोग, स्त्रि रोग, अर्थोपेडिक, बालरोग, आखाँ, दन्तरोग लगायतका सेवा निःशुल्क प्रदान गरिएको छ । दिनभर चलेको शिविरमा ५ सय ८ जना स्वास्थ्य परिक्षण गरेका उच्च माविका प्रार्चाय राम हाडाले जानकारी दिएका छन् ।