मन्त्रिपरिषद् फेरबदलबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

75

फागुन २८,
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् फेरबदलबारे कुराकानी भएको छ । प्रचण्डका अनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग कुराकानी भएको थियो ।‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन’ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भनेका छन् । तपाईले के सल्लाह दिनुभयो भन्ने प्रश्नमा उनले भने, ‘मैले यो तपाईंको मूल्यांकनमा भर पर्ने कुरा हो, र अधिकार क्षेत्र पनि तपाईकै हो भनेको छु । तपाई नै निर्णय गर्नुस् भनेको छु । ’