Friday, October 2, 2026
Home पत्रपत्रिका बिरामीलाई सास्तीः सुई र रुईसमेत नभएका अस्पताल

बिरामीलाई सास्तीः सुई र रुईसमेत नभएका अस्पताल

95

नयाँ पत्रिका जिल्ला ब्युरो
फागुन २६,

काठमाडौं । फलामले काटेर गम्भीर चोट लागेपछि तानसेन नगरपालिका–११ बन्दीपोखराका १५ वर्षीय गोविन्द बोहरालाई आमा भीमाले बिहीबार जिल्ला अस्पताल दौडाइन् । एक घन्टा हिँडेर आमाछोरा अस्पताल पुगे, तर अस्पतालमा टिटी सुई नै रहेनछ । जिल्ला अस्पतालको बिजोग त्यतिवेला थाहा लाग्यो, जब भीमाले छोराको आँखामाथि जमेको रगत पुछ्न रुई मागिन् । नर्सले भनिन्, ‘रुई छैन ।’ ‘१ घन्टा हिँडेर अस्पतालसम्म आयौँ, नर्सले टिटी सुई लगाउनुपर्छ, तर यहाँ सकिएको छ भन्दै मेडिकलतिर लैजान भन्नुभयो,’ भीमाले भनिन्, ‘लतपतिएको रगत पुछ्न रुई मागेको, त्यो पनि रहेनछ ।’ अस्पतालको इमर्जेन्सी तथा स्टोर शाखाका इन्चार्ज अहेव चन्द्रतारा बस्यालले टिटी सुई सकिएको एक वर्ष भएको बताए । अहिलेसम्म किन नल्याउनुभएको त भन्ने नयाँ पत्रिकाको प्रश्नमा बस्यालले जवाफ दिए, ‘टेन्डर गर्ने तयारी भइरहेको छ ।’

राजधानीबाहिरका बिरामी अस्पताल

मेची अञ्चल अस्पतालका अधिकांश डाक्टर निजीमा

बजेट अभावमा मेची अञ्चल अस्पताल सञ्चालनमा कठिनाइ हुन थालेको छ । सरकारले तलबभत्ताबाहेक अन्य शीर्षकमा बजेट दिन छाडेपछि अस्पताल प्रशासनलाई धौ–धौ परेको हो । स्वास्थ्य मन्त्रालयमार्फत् बजेट पाउँदै आएको अस्पतालले मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारबाट बजेट प्राप्त गर्न थालेको छ । तर, प्रदेशले विभिन्न शीर्षकका बजेट कटौती गरिदिएपछि अस्पताल सञ्चालनमा समस्या भएको हो ।

‘थप सेवा विस्तारको त कुरै नगरौँ, चलिरहेको सेवालाई निरन्तरता दिन पनि अप्ठ्यारो भइरहेको छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्बर ठाकुरले भने । अस्पतालले एनआइसियु कक्ष सञ्चालन गर्ने योजना बनाएको थियो । योजनाअनुरूप गत जेठमा उपकरणसमेत आयो । तर, आवश्यक पूर्वाधार र जनशक्तिका लागि बजेट नहुँदा प्रक्रिया नै अघि बढ्न सकेन । ‘सिटीस्क्यान सेवा विस्तारको कार्यक्रम थियो, त्यसका लागि पनि बजेट आएन,’ डा। ठाकुरले भने । २२ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्र कार्यरत छन् । सरकारी अस्पतालमा कार्यरत १२ जना डाक्टर भद्रपुर, बिर्तामोडलगायत स्थानका विभिन्न क्लिनिकमा बिरामी जाँच गर्न धाउँछन् । कतिपयले आफ्नै क्लिनिक स्थापना गरेका छन् ।