मोटर पुग्दा स्थानीयवासी खुशी

89

फागुन २५,
लमही । दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ । वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना हुँदै धोवाघाट जोड्ने सडकमा नियमित गाडी गुड्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । “यो भन्दा पहिले मोटरबाटो पुगेको थिएन”, स्थानीयवासी बमबहादुर केसीले भन्नुभयो, “अहिले मोटरबाटो पुग्दा आवतजावतमा सहज भएको छ ।”

यसअघि सडक नहुँदा मान्छेले हापुरे बजारबाट सामान बोकेरै घरसम्म लैजानुपर्ने बाध्यता भएकामा अहिले भने सहज भएको उहाँको भनाइ थियो । हापुरेबजारबाट सात घण्टा हिँडेर पुगिने भए पनि अब भने एक घण्टामै आवतजावत गर्न सकिने भएको छ । अब साना गाडी, मोटरसाइलक आवतजावत गर्न सहज भएको उहाँको भनाइ थियो । सडक खुलेसँगै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तुलाई बजारसम्म ल्याउन पनि सहज भएको छ ।
गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले उक्त सडकमा नियमित सवारीसाधन सञ्चालन गर्ने वातावरण सिर्जना गर्नका लागि बबई नदीमा पुल निर्माण गर्न प्रदेश सरकारसँग आग्रह गर्ने जानकारी दिनुभयोे । “हामीले पहिलोपटक यस गाउँपालिकाको विकट क्षेत्रमा सडक पु¥याउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “अब यी सडक स्तोरन्नतिका लागि पहल गर्नेछु ।” चुनावको समयमा आफूले गाडी पु¥याउने प्रतिबद्धता पूरा गर्न लागेकोे उहाँले बताउनुभयो । रासस