फागुन २४,
बझाङ -नेत्र विक्रम चन्द विप्लबका कार्यकर्ताहरुले शुक्रवार बिहान अपरहण गरेका प्रदेश सांसद देबकी मल्ल प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रविण धितालले सांसद मल्ल सम्पर्कमा आई सकेको जानकारी दिँदै अबको दुई तिन घण्टा पछि जिल्लामा ल्याईने बताए । घटनाबारे थप बुझ्न बाँकी रहको र अनुसन्धान भै रहको उहाँको भनाई छ । नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो।













