प्रदेश २ मा भोली नेकपाका अध्यक्षद्वयले सम्बोधन गर्ने

115

फागुन २४,
काठमाडौँ -एकीकरणपछि पहिलो पटक नेकपाका दुवै अध्यक्षद्वयले भोली गर्नेछन्। पार्टी एककीरण र नेकपाको मधेलाई सन्देश दिनका लागि नेकपाले पहिलो पटक दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल प्रचण्डको उपस्थितिमा रौतहतमा जनसभा गर्न लागेको हो। रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने प्रदेश दुईका इञ्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए। प्रदेश दुईका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी गरिएको मण्डलको भनाइ छ। नेकपाका अध्यक्ष तथा केपी शर्मा ओलीले मधेशका मुद्दालाई उपेक्षा गर्ने गरेको भन्दै प्रदेश २ का जनतालाई भ्रम रहेका बेलामा यो जनसभाले ओलीले आफ्नो छविलाई बदल्ने सम्भावना रहेको छ। तत्कालीन नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गरिएको जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर मलेठ गाउँका २ का २४ वर्षका सञ्जन मेहता, प्रसवनी गाविस ४ टेङ्ग्रीका वर्ष ४२ का सिनियर अहेब आनन्दकुमार साह, २ का वर्ष ४० का वीरेन्द्र महतो, मलेठ ४ जलहरीका वर्ष ४५ का पिताम्बर मण्डल, जमनी मध्यपुरा १ कटवीका ५७ वर्षका इनर यादव मृत्यु भएको थियो।