फलफूल व्यापारीको तौलमा ठगी बढ्दो

225

फागुन २३,
पोखरा । चिप्लेढुङ्गामा “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ रु” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर रु” “किलोको १५० हो, १४० मा लानुस् ।” ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन् । तर व्यापारी महिलाले चिनियाँ हाते काँटा देखाउँदै भनिन्, “ल हेर्नुस् पुगेको छ ।” व्यापारीले पुगेको छ भन्दै ढिपी गरेपछि ग्राहक महिला बाटोछेउ पसलमा रहेको डिजिटल तराजुमा लगेर जोखिन् । अङ्गुर जम्मा ८५० ग्राम मात्र भयो । “दिदी अङ्गुर एक किलो पुगेको छैन ।” “पु¥याएर दिएको किन नपुग्ने रु” उल्टै प्रश्न व्यापारी दिदीको । ग्राहक महिला भन्दै थिइन् “सस्तो दिएको नाममा यसरी ठग्न त भएन, बरु मूल्य जति हो त्यति लिनुस्, यसरी ठगेर व्यापार नगर्नुस् ।” व्यापारी महिलाले भनिन् “बाटा बसेर सस्तोमा दिनुछ । किचकिच गर्छन्, किलो खोज्नेले पैसा पनि बढी दिनु नि ।”

महेन्द्रपुल सडकपेटीमा फलफूल बेच्नेसँग पनि ग्राहकको उही गुनासो थियो, “किलो पूरा गरेर दिनुस् है । यो काँटामा सय÷डेढसय ग्राम पुग्दैन ।” छेऊमै तरकारी बेच्ने व्यापारी महिलाले भनिन्, “यो सानो चाइनिज काँटामा जोखेर फलफूल किन्नेहरूको सधैँ गुनासो हुन्छ । आफूहरूले डिजिटल तराजुबाट तरकारी बेच्ने गरेकाले ग्राहकको जोखाइमा गुनासो हुँदैन ।”
पोखराका विभिन्न प्रमुख चोक एवं गल्लीका सडकपेटीमा डोको र क्रेटमा फलफूल बेच्नेहरूले ग्राहकलाई सस्तोको प्रलोभनमा पारेर किलोमा ठग्नु आजकाल सामान्य विषय भइरहेको छ ।

खुलमखुला काँटामा ठग्नेलाई कहीँकतैबाट कारवाही नहुँदा उनीहरूको मनोबल झनै बढेको देखिन्छ । कोही ग्राहकले बोलीहाले व्यापारी नै एकजुट भएर जाइलाग्ने गरेको स्थानीय किराना पसल व्यवसायी गङ्गा सुनार बताउनुहुन्छ । “चोकमा धेरै फलफूल व्यवसायी छन् । नगर प्रहरीले हटाउने हुँदा लुकीछिपी व्यापार गर्नुपर्ने सास्ती पनि छ । फेरि प्रहरी प्रशासनको आँखा छलीछली ग्राहकलाई ठग्न पनि खप्पिस छन् ।” सचेत ग्राहक किलो नपुगेको भन्दै फलफूलको झोलै फालेर झगडा गरेर हिँड्ने गरेको थुप्रै दृश्य आफूले देखेको सुनारले बताउनुभयो । -रासस