फागुन २०,
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको वर्तमान केपी ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमबार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले भने ‘विभिन्न बहानमा प्रेस स्वतन्त्रता बन्देज लगाउन खोज्दै छ ’ । प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता भएकाले त्यसमाथी बन्देज लगाउन खोजे कांग्रेसले कुनै पनि हालतमा स्विकार नगर्ने देउवाको भनाई छ ।
‘साइबर क्राइम देखाएर सामाजिक संजाल र अनलाईन मिडियालाई बहान बाजी गरेर बन्द गर्ने कुरालाई हामी सहदैनौं,’ देउवा भने । उनले स्वर्गीय पण्डितसंग आफु विद्यार्थी राजनीति गर्दा करिब १३ वर्षसंगै जेल जिवन बिताएको र उनको सिद्धान्तमा रहेर पार्टी र कार्यकर्ता अगाडी बढ्नु पर्ने समेत बताएका छन् । वि.स १९९० सालमा भक्तपुरको जितपुरमा जन्मिएका लीलाबहादुर पण्डितले प्रजातन्त्र प्राप्तिको लडाईमा आफ्नो जिवन समर्पण गरेका थिए । उनको २०७४ फागुन १ गते निधनको भएको थियो । कार्यक्रममा कांग्रेस भक्तपुरका नेताहरु यादव प्रसाद अधिकारी, जिवन खत्री, तिकल प्रसाद कायस्थ, जिल्ला सभापति दुर्लभ थापालगायतले पार्टीले स्वर्गीय पण्डितको त्याग, समर्पण मुल्यांकन गर्दै उनलाई उचित सम्मान दिनु पर्ने धारणा राखेका छन् ।