एजेन्सी फागुन १९
मुम्बई – भारत–पाकिस्तानविच जारी विवादमा सामाजिक सञ्जालमा भारतीय सेनालाई सपोर्ट गरेवापत बलिउड नायिका प्रियंका चोपडाको आलोचना सुरु भएको छ । प्रियंका भारतको पक्षमा लागेको भन्दै पाकिस्तानी नागरिकले संयुक्त राष्ट्रसंघलाई ट्याग गर्दै प्रियंकालाई युनिसेफको गुडवील एम्बेस्डरवाट हटाउन माग गरेका छन् । भारतीय एअरफोर्सले पाकिस्तानको बालाकोटमा एयर स्ट्राइक गरेपछि प्रियंकाले ट्वीट गरेकी थिइन् ‘जय हिन्द’ । साथै उनले इण्डियन आर्मफोर्सलाई ह्यब्सट्याग पनि गरेकी थिइन् । सोही ट्वीटलाई पाकिस्तानीले विरोधको विषय बनाएका छन् । उनको आलोचना गर्नेहरुले भनेका छन् ‘शान्तिको पहल गर्नुपर्ने व्यक्तिले युद्धमा रमाएको अनुभूति भयो त्यसकारण उनलाई हटाउनुपर्छ