फागुन १९,
काठमाडौँ -ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्त्यष्टी गरिएको छ । गत बुधबार हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो । पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमासमेत परिचित रहेका शेर्पाको अन्त्यष्टीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु सहभागी भएका थिए । साथै, विमान चालकहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । शेर्पाको अन्त्यष्टिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको पनि सहभागिता रहेको थियो ।