फागुन १८,
काठमाडौं । नेपालमा पछिल्लो समय अनलाईन मिडियाहरु बदनाम हुन थालेका छन् । कुनै बिरामी अस्पतालमा उपचाररत हुदाँ हुदैं मिडियाका सम्पादहरुले मृत घोषित गरिरहेका छन् । केही घण्टा यतादेखि नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ । अधिकारी उपचाररत ह्याम्स अस्पतालले सो जानकारी पनि दिएको छ । तर धेरैले यो विषयमा गलत समचार लेखिरहेका छन् । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाई छ । ‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको देखिन्छ र उहाँलाई कृतिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको छ’, अस्पतालका डाक्टर भास्करराज पन्तले पत्रकार सम्मेमलनमा भने, ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ । वितेको २४ घण्टादेखि पिसाव भएको छैन ।