दुर्घटनाको पीडाः जसले पीताको पाँच महिनाको जलदान गर्न नै पाएनन्

153

फागुन १६,
भक्तपुर । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भयो । यो दुर्घटनामा परेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
तेहि कहाली लाग्दो दुर्घटनामा भक्तपुरले पनि एक जना छोरो गुमायो । उनी थिए नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ । श्रेष्ठको निधनले भक्तपुर नगरपालिका वडा नम्बर १० याताछेँ टोल यतिबेला शोकमा छ ।
विहिबार श्रेष्ठको पुरानो घरमा हामी पुग्दा सुनसान थियो । घरको आगँनमा रहेको एकजनासंग सामान्य कुराकानी गरेपछि उनले दाईलाई बोलाई दिए । दाई थिए राजेन्द्र श्रेष्ठ उपमहानिर्देशक श्रेष्ठका ठुला बा का छोरा । कुराकानीको सुरु गर्दै उनले भने ‘खै के भयो के, काकाको पाँच महिनाको जलदानमा आउछुँ भनेर काकीलाई लिएर गएको भाई अब कहिल्यै नआउने भयो ।

२०७५ साल असोज २९ गते फुलपातीको दिन उपमहानिर्देशक श्रेष्ठका पीता केशब प्रसाद श्रेष्ठको निधन भएको थियो ।
श्रेष्ठ परिवारमा त्यो दुःख घटेको पाँच महिना पुग्दै छ । पीताको चार महिनाको जलदानमा आएका श्रेष्ठले आमा मोहनदेबिलाई पनि संगै लिएर कोटेश्वरको घरमा गएका थिए । उनको परिवार बिगत केही वर्षदेखि कोटेश्वर बस्दै आएको थियो । उनले केही समय भक्तपुरको नवदुर्गा बहुमुखी क्याम्पसमा शिक्षण समेत गरेका पारिवारीक श्रोत बताउँछ । उनी परिवारका माहिला छोरा थिए । उनका दाई महेन्द्र र भाई सन्जिव श्रेष्ठ छन् । कोटेश्वर बसोबास गर्ने भएपनि उनी बारम्बार भक्तपुर आइरहन्थे । काकाको निधन भएको पाँच महिना पुग्दै छ, तर भाई हिजो त्यस्तो घटना बित्यो परिवारमा शोक सकिन नपाउदैँ अर्को शोक थपियो राजेन्द्र भने । श्रेष्ठकी श्रीमती प्रमिला, छोरी कृष्टीना र छोरा अभिषेक छन् ।

श्रेष्ठको शव आवश्यक प्रक्रिया पुरा भएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ ।
मन्त्री अधिकारी सहितको टोली तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटनामा हेलिकप्टर दुर्घटना भयो । उक्त घटनामा परेर निधन हुने अन्य व्यक्तिमा उड्यन प्राधिकरणका निर्देशक धुब्र भोछिभोया, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको छ ।