फागुन १६
काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाको परिवारलाई भेट गर्दे समवेदना प्रकट गरेका छन् । मन्त्री निवास पुल्चोकमा पुगी प्रचण्डले आज बिहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई भेट गरी समवेदना प्रकट गरेका हुन् । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी प्रचण्डले समवेदना प्रकट गरे ।