फागुन १५
काठमाडौँ -पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट उडेको एक मिनेटमा दुर्घटना भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताबबाबु तिवारीले पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएका हुन् । दुर्घटनामा मन्त्रीसहित सात जनाको मृत्यु भएको हो ।
दुर्घटनास्थलमा पुगेका स्थानीय स्वास्थ्यकर्मीका अनुसार हेलिकोप्टरमा सवार सातै जनाको शव डढेको अवस्थामा फेला परेको थियो । मन्त्री अधिकारीको शव भने अनुहार चिनिन सकिने अवस्थामा रहेको थियो । सातै जनाको शवलाई केहीबेरमा काठमाडौं ल्याइने भएको छ । शव लिनको लागि एयर डाईनेष्टी, नेपाली सेनाको हेलिकप्टर र सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनास्थलतर्फ गएको छ ।