महाकाली सन्धि किन कार्यान्वयन भएन भारतलाई सोध्न सरोकारवालालाई प्रधानमन्त्रीको निर्देशन

151

फागुन १४
काठमाडौं -धानमन्त्री केपी शर्मा ओलीले सरोकारवालालाई राष्ट्रिय हितका सम्बन्धमा भारतीय पक्षसँग खुला रुपमा छलफल गर्न निर्देशन दिएका दिएका छन्।
बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल-भारतका विज्ञको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालालाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनको विषयमा जानकारी गराउन सिंहदरबारमा गरेको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धि अनुसार नेपालले चाँदनी-दोधारा क्षेत्रमा पाउनु पर्ने पानी अहिलेसम्म नपाएको विषयमा प्रश्न गर्न निर्देशन दिएका हुन्।

‘हाम्रो पहिलो प्राथमिकता सन्धिको कार्यन्वयन हो। महाकाली सन्धि अनुसार नेपालले चाँदनी दोधारा क्षेत्रमा १० क्युसेक पानी पाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति हुनुहुदैन।’ २०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी(दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटरप्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा-राजन भट्टराईलागयत सहभागी थिए।