फागुन १३,
काठमाडौं -सार्वजनिक सवारी साधनको भाडादर बढ्ने भएको छ । असोजमा १० प्रतिशत भाडा बृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुन: भाडा बृद्धि गर्न लागेको हो । यातायात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर असोजमा भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । सरकार र यातायात व्यवसायीवीच चार बुँदे सम्झौता भएपछि व्यवसायी अग्रिम बुकिङ खोल्न तयार भएका थिए ।
सम्झौतामा वैज्ञानिक तवरले भाडादर भाडादर कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनमा आधारमा मंसिरमा भाडादर समायोजन हुने उल्लेख गरिएको छ। । सोही आधारमा भाडा बढाउन लागिएको हो । चाडपर्वको मुखमा धेरै भाडादर बढाउँदा सरकारको आलोचना हुने र गलत सन्देश जाने भन्दै पेट्रोलियम पदार्थलाई मात्रै आधार मानेर भाडादर वृद्धि गर्ने निर्णय भएको थियो । पछिल्लो समय २०७२ सालमा पेट्रोलियम पदार्थको आधारमा भाडादर समायोज गरिएको थियो । त्यतिवेला पेट्रोलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ र डिजेलको मुल्य ७५ रुपैयाँ प्रतिलिटर रहेको थियो सोहि आधारमा १० प्रतिशत भाडादर बढाईएको हो ।
विभागका निर्देशक गोकर्ण प्रसाद उपाध्यायका अनुसार भाडादर निर्धारण गर्दा पेट्रोलियम पदार्थलाई ३५ प्रतिशत र बाँकी राजश्व वृद्धि, ,मजदुर ज्याला, पाटपुर्जा,महँगी लगायतका १८ वटा सूचीका आधारमा ६५ प्रतिशत मुल्य समायोजन गरिन्छ । २०६९ सालदेखि नै ६५ प्रतिशत सूचीका आधारमा भाडादर समायोजन नभएको भन्दै समायोजन गर्न लागिएको हो । ६५ प्रतिशतमा पर्ने सबै सूचीको मुल्यबृद्धि भएपनि भाडादर नबढेको भन्दै यातायात व्यवसायीहरुले सरकारलाई दबाब दिँदै आएका छन् ।विभागका निर्देशक उपाध्यायका अनुसार अब भने सर्वपक्षीय बैठक बसेर जतिसक्दो छिटो वैज्ञानिक भाडादर कायम गर्ने तयारी छ । विभागको रिपोर्ट, मुल्यवृद्धि र सर्वपक्षीय छलफलका आधारमा भाडादर कायम हुनेछ ।
त्यसै गरी सरकारले ट्याक्सीको पनि भाडादर तोक्ने भएको छ । अहि ट्याक्सीको भाडादर तोक्नका लागि गृहकार्य भैरहेको उपाध्यायले जानकारी दिए । उनका अनुसार चढ्ने वित्तीकै कति तोक्ने भन्ने निर्णय समेत गर्न लागिएको छ । ३ किलोमिटरसम्म ५० रुपैयाँ तोक्दा उपयुक्त हुने निष्कर्ष विभागको छ । तर यसको टुंगो भने छलफलपछि मात्रै लाग्ने छ । कति किलोमिटरसम्मको कति भाडादर निर्धारण गर्ने भन्ने बारे समेत विभागले अध्ययन गरिरहेको छ ।Bizmandu













