नेप्से ७ दशमलव ४१ अंकले बढ्यो

64

फाल्गुन १३,
काठमाडौँ साताको दोस्रो दिन नेप्से ७ दशमलव ४१ अंकले बढेर १ हजार १ सय ९ दशमलव ७३ को बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने २० करोड ३८ लाख रहेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५९ अंकले बढेर २ सय ३५ दशलमव ७८ को बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन १ सय ६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता शेयर खरिदबिक्री भई २० करोड ३८ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार हुनेमा सबैभन्दा बढी नबिल बैंकको भएको छ । जसको कारोबार २ करोड ५० लाख ७१ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै यस दिन ६ दशमलव ४९ प्रतिशतले बढेर सर्वाधिक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज ८२ रुपैयाँ रहेको छ । साथै ८ दशमलव ८६ प्रतिशतले घटेर सर्वाधिक गुमाउनेमा सहयोगी विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य १ सय ८५ रुपैयाँ रहेको छ ।