मोदी ‘सियोल शान्ती पुरस्कार’ बाट सम्मानित

48

एजेन्सी,
फागुन १० -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरिया भ्रमणको दोस्रो दिन सियोल शान्ति पुरस्कार प्रदान गरिएको छ । मोदीले पुरस्कारमा पाएको एक करोड ३० लाखको रकम नमामी गंगा प्रोजेक्टका लागि दिने घोषणा गरेका छन् । भारत र दक्षिण कोरियाले ६ सम्झौतामा हस्ताक्षर गरे । मोदी सियोल शान्ती पुरस्कार पाउने १४ औं व्यक्ति हुन् । यो पुरस्कार सन् १९८८ मा सियोल ओलम्पिकको सफल आयोजनापछि सुरु गरिएको थियो । यसअघि दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले आफ्नो सरकारी निवासी ब्लू हाउसमा मोदीको औपचारिक स्वागत गरेका थिए । प्रधानमन्त्रीले युद्धमा मारिएका एक लाख ६५ हजार कोरियाली सैनिकलाई श्रद्धाञ्जली पनि लिए । मोदीले अब आतंकवादबारे कुरा गर्ने समय नभएको बताए । उनले यसविरुद्ध संसार एकजुट भएर लड्नुपर्ने बताए ।