शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको छ : गृहमन्त्री

71

फागुन ८,
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन् । राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउँदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका हुन् ।

उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहको खोजी भइरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारवाही भएको जानकारी गराए । उनले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धित अपराधीलाई कानूनी कठघरामा ल्याइएको बताए ।

सुनकाण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आइसकेको भएपनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार गरे । उनले भने, ‘केही ठूला माछाहरु अझै पनि जालभन्दा बाहिर छन् । तिनीहरुलाई समात्ने र जालमा ल्याउने प्रक्रिया जारी छ ।’

सुनकाण्डका सवालमा ठूला माछा अझै नियन्त्रणमा किन आएनन् भनी सदस्यहरुले राखेको जिज्ञासा स्पष्ट नभएको भन्दै उनले प्रश्न गरे । ‘ठूला माछा भनेर कसलाई भन्न खोज्नुभएको हो रु अलि स्पष्ट भएन । कही मन्त्रीहरुप्रति इंगित हो कि रु कुनै राजनीतिक नेतृत्वलाई इंगित गर्न खोज्नुभएको हो कि रु’

गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका सर्वसाधारणलाई छिट्टै शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए । उनले यातायात क्षेत्रको सिण्डिकेट पनि कानूनी रुपमा अन्त्य भइसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिन्डिकेटको पनि अन्त्य गर्दै लगिने स्पष्ट पारे ।

पूर्व राजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको गृहमन्त्री थापाले बताए । सिंहदरबार प्रवेशलाई सहज बनाउन गृहमन्त्रालयले आवश्यक व्यवस्था मिलाउने काम गरिरहेको उनले स्पष्ट पारे ।

राष्ट्रियसभा सदस्यहरु बृषेश चन्द्रलाल, सरिता प्रसाई , कोमल ओली, अनिता देवकोटा, जितेन्द्रनारायण देव, रामपृत पासवान, रामनारायण विडारी, विन्दादेवी आले रानाले गृहमन्त्री थापाको वक्तव्यमा केन्द्रीत रही प्रश्न गरेका थिए ।

राष्ट्रियसभा सदस्य विडारीले बैठकमा निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि फौजदारी अपराध संहिता अन्र्तगत मुद्दा चलाउनका लागि माग गरिएको स्मरण गराउँदै सो भयो कि भएन भनी प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री थापाले घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान जारी रहेको भन्दै निष्कर्ष आएपछि थप कारवाही गरिने बताए । लिटिल बुद्धको रुपमा रहेका रामबहादुर बमजमको बारेमा सरकारले गम्भीर रुपमा लिई छानविन गरिरहेको गृहमन्त्री थापाले स्पष्ट पारे ।

राष्ट्रियसभा सदस्य कोमल ओलीले आफुलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजमले महिलामाथि दुव्र्यवहार गरेका घटना बाहिर आउँदा पनि उनीमाथि किन कारवाही हुन सकिरहेको छैन भनी उनीमाथिको छानविन प्रक्रिया बारे जिज्ञासा राखेकी थिइन् ।