फागुन ७,
एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची जवाफ फर्काउने बताएका छन्।
भातरले पाकिस्तानलाई कश्मीर हमलाको आरोप लगाइरहँदा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त्यसमा पाकिस्तानको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् ।
साथै उनले भारतले कुनै प्रमाण विना नै आरोप लगाएको बताएका छन् । गत साता कश्मीरमा भएको हमलामा पाकिस्तानकै संलग्नता रहेको आरोप भारतीय पक्षबाट पटक पटक आएपछि पाकिस्तानी प्रधानमन्त्री खानले यसमा आपत्ति जनाएका हुन् ।
‘तिमीले कुनै प्रमाण नदेखाइकन पाकिस्तानी सरकारलाई आरोप लगायौ,’ प्रधानमन्त्री खानले मंगलबार भने । उनले सरकारको तर्फबाट विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । साथै उनले उक्त घटनाको छानविनमा आफूहरु पनि सहकार्य गर्न तयार रहेको रहने बर्ताका छन् । खानले भनेका छन्, ‘मैले आग्रह गरिरहेको छु, यदी तिमी कुनै छानविन गर्न चाहन्छौ भने।।।हामी तयार छौँ ।’
खानले यदी भारतसँग कुनै जासुसी समुह छ भने आफूलाई दिन पनि आग्रह गरेका छन् । जसले गर्दा अनुसन्धानमा सफल भइयोस् । ‘यदी तिमीसँग सक्रिय जासुसी समुह छ भने हामीलाई देऊ । म ढुक्क छु कि हामी त्यो एक्सन लिने छौँ । र हामी बाहिरी दबावका कारण एक्सन लिने छैनौँ, बरु ती व्यक्ति पाकिस्तानका लागि पनि दुश्मन हुनसक्ने भएकाले हामी एक्सन लिन्छौँ । यदी कसैले पाकिस्तानकै भूमिबाट यस्ता गतिविधि गरिरहेको छ भने तिनिहरुले हामीलाई पनि असर गर्ने छन् ।’
पाकिस्तानको ‘इन्टर सर्भिसेस इन्टेलिजेन्स’ ९आईएसआई०ले हमलाकारी जैस ए मोहम्मदलाई संचालन गरिरहेको आरोप भारतीय अधिकारीहरुले लगाउँदैआएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले आतंकवादबारे पाकिस्तान भारतसँग संवादका लागि तयार नै रहेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो नयाँ पाकिस्तान हो । पाकिस्तान सरकारले उक्त विषयबारे संयुक्त राष्ट्रसंघलाई समेत मध्यस्तता गरिदिन आग्रह गरेको छ । मंगलबार जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।