फाल्गुन ६,
काठमाडौँ साताको दोस्रो दिन नेप्से ७ दशमलव २१ अङ्कले घटेर ११०२ दशमलव ५१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । होटल र उत्पादनमूलक क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै नविल बैंक लिमिटेड प्रमोटर सेयरको २ करोड ४३ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शेयर ९ दशमलव ०९ प्रतिशतले घट्न पुग्यो ।