अब यसरी हुदैं छ, काठमाडौंमा मानिसको चाप कम

108

नयाँ नेपाल न्युज केन्द्रिय ब्युरो,
फागुन २,
काठमाडौं । मुलुकमा संविधान निमार्ण भए संगै सरकारले धेरै कुरामा बिकेन्द्रिकरण सुरु गरेको छ । स्थानीय सरकारलाई शक्तिसाली बनाउने प्रावधान संविधानमा लेखिए संगै जनतालाई सहज हुने आशा पलाएको हो । वर्तमान सरकारले केही विकाशका आयोजना यदि समयमा नै पुरा गराउन दबाव दिए पक्कै पनि राजधानी काठमाडौ भित्रने मानिसको चाप क्रमश कम हुने देखिन्छ ।

यी कुराले बनाउने हुनेछ क्रमश राजधानीको चाप कम

१. प्रदेश राजधानी निर्माणपछि: 
सात प्रदेशका सात स्थानमा राजधानी तोकिएपछि धेरैको ध्यान तेता केन्द्रित हुनेछ । मानिसहरु व्यापार, रोजगारी, सुविधालगायत अन्य धेरै कुरा खोज्दै शहर आउने विगतको परम्परा क्रमश प्रदेशको नामाकरण र स्थान तोकिएपछि कम हुनेछ । राजधानीबाट लिईने सरकारी सुविधा प्रदेशमा भएपछि राजधानी काठमाडौं न्युनमात्रमा मात्र मानिस आउने छन् ।

२. मध्य पाहाडी लोकमार्ग निमार्णपछिः
करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ । पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्नेछ । मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ । त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ । यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ ।

३. काठमाडौ-तराई द्रुतमार्ग (फास्टट्रयाक) निर्माणपछि: 
काठमाडौ तराई मधेश द्रुतमार्ग (फास्टट्रयाक)को शिलान्यास भएको केहि वर्ष भएको छ । चार लेनको दुर्तमार्ग ७२ किलोमिटर लामो हुनेछ भने काठमाडौबाट निजगढ एक घण्टामा पुग्न सकिनेछ । दुर्तमार्गमा दुई वटा सुरुङमार्ग पनि पर्नेछन । ललितपुरको खोकना,मकवानपुर हुँदै बारा पुग्ने दुर्त मार्ग सरकारको प्राथमिकतामा परेको आयोजना हो । । पहाडमा २३ मिटर र तराईमा २५ मिटरको बाटो हुने छ भने ९९ वटा पूल निर्माण हुनेछ । काठमाडौंबाट ६ वटा प्रवेश मार्ग बनाइने खाँडको भनाई छ । सो सडकमा ६५ देखि छिटोमा १ सय २० स्पिडमा यात्रा गर्न सक्छन् ।

४. पोखरा, निजगढ र लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थल निर्माणपछिः
निर्माणाधीन पोखरा, निजगढ र लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थल निर्माणपछि राजधानी आउनेको चाप कम हुनेछ । चीनको एक्जिम बैंकसँगको करिब २१ अर्ब ऋण सहयोगमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाउन सुरु गरेको २ वर्ष भइसकेको छ ।  गौतम बुद्ध र निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल पोखरा, निजगढ र लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थल निर्माणपछि त्रिभुवन अन्तराष्ट्रिय चाप कम हुनेछ ।

५. सातै प्रदेशबाट श्रम स्वीकृति दिइने भएपछिः
सरकारले राजधानीसंगै अन्य ६ प्रदेशबाट श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न गण्डकी प्रदेशको राजधानी पोखरमा श्रम स्वीकृति दिन लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट सेवा उपलब्ध साउन सुरु गरेको थियो । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रिकृत गरी सरल र सहज बनाउने प्रयास सरकारको छ । त्यसबाटपनि श्रम गर्नकै लागि राजधानी आउनु पर्ने बाध्यता हटेको छ । जसबाट चाप स्वत कम हुनेछ । कर्णली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम इजाजत सेवा सञ्चालनको गरिने भएको छ । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको थियो ।

६. सात प्रदेशबाट सवारी लाइसेन्स दिइने भएपछिः
सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारी चालक अनुमतिपत्रका लागि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बर्सेनि लाखौं व्यक्ति लाइसेन्स लिन इच्छुक देखिए पनि न्यून संख्यामा मात्र लाइसेन्स जारी हुँदै आएको छ, जसका कारण आवेदन खुल्नासाथ यातायात कार्यालयमा लाइसेन्स लिन चाहनेको लामो भीड लाग्ने गरेको छ । प्रस्तावमा सातवटै प्रदेशमा साबिकका १४ वटै अञ्चलमा भएको जस्तै यातायात व्यवस्था कार्यालय रहने छन् । यो कार्यका लागि पनि राजधानी आउनु पर्ने बाध्यता हट्ने छ ।