बिस्कुट व्यवसायीले गुहारे सरकार

85

माघ २२,
काठमाडौं । नेपाली बिस्कुट उत्पादन गर्ने कम्पनीहरु धमाधम बन्द हुन थालेपछि व्यवसायीहरुले सरकारलाई गुहारेका छन् । नेपाल बिस्कुट उत्पादक संघले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवलाई ज्ञापन पत्र बुझाएर उद्योगको अवस्थाबारे जानकारी गराएका हुन् ।नेपाल बिस्कुट उत्पादक संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको प्रतिनिधी मण्डलले मन्त्री यादवलाई ज्ञापन पत्र बुझाउँदै स्वदेशी बिस्कुट उद्योगको हालको यथार्थ अवस्थाबारे जानकारी गराए ।
उक्त अवसरमा उद्योग बाणिज्य तथा आपुर्ती सचिव, मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु लगाएत उद्योग विभागका महानिर्देशक समेतको उपस्थिति थियो ।

केही बर्ष अगाडी सम्म ३५ वटा स्वदेशी बिस्कुट उद्योगहरुमा कुल ७ अरबको लगानी रहेकोमा आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण उद्योगहरु धमाधम बन्द भई हाल लगभग १६ वटा उद्योगले मात्र आंसीक रुपमा बिस्कुट उत्पादन गर्दै आएको जानकारी दए । व्यवसायीहरुले हाल १६ वटा उद्योगको करिव ५ अरबको लगानी रहेको जानकारी गराएका थिए । हाल नेपालमा कुल उत्पादन जडित क्षमता ४ लाख टन भएकोमा बन्द भएका उद्योगलाई घटाउदा आंशिक संचालनमा रहेका उद्योगको जडित क्षमता १ लाख ९३ हजार टन बार्षिक रहेको छ । उक्त मध्ये पनि हाल हामिले ३० प्रतिशत क्षमतामा (५८ हजार टन) संचालन भएको छ । तर हाल नेपालको कुल बिस्कुटको बजार साईज १२०० सय करोडको भएको पनि जनाइएको छ । -रातोपाटी