माघ २२,
भक्तपुर । सूर्यविनायक नगरपालिका १ सिरुटार स्वास्थ्य चौकीमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा ३१ जना मोतिविन्दूको विरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिरुटार स्वास्थ्य चौकीको आयोजना तथा नेपाल नेत्रज्योति किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको प्राबिधिक सहयोगमा शनिवार संचालित शिविरमा भेटिएका मोतिविन्दूको विरामीको लुभु आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिएको हो ।
आँखा शिविरमा २१५ जनाले आँखा परीक्षण गराएको बताउदै सिरुटार स्वास्थ्य चौकी व्यबस्थापन समितिका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले शिविरमा सहभागि आँखाका विरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको बताए ।
कार्यक्रममा प्रदेश नं। ३ का प्रदेश सदस्य शशीजंग थापाले शरीरको महत्वपूर्ण अंग भएपनि आँखाको बेवास्ता गर्ने गरिएको बताउदै संसाद देख्ने आँखाको नियमित परीक्षण गर्नुपर्ने बताए ।
त्यसअवसरमा वडा नं। १ का वडाअध्यक्ष सानुकाजी कायस्थ, ऋद्धिसिद्धि सहकारीको अध्यक्ष धु्रवराज विष्ट, नेत्रज्योति संघका डा। विनिता शर्मा लगायतले आँखा शिविरको महत्वमाथि प्रकाश पारेका थिए ।













