Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय ट्रम्पले भेनेजुएलामा हस्तक्षेप गरेमा उनले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने...

ट्रम्पले भेनेजुएलामा हस्तक्षेप गरेमा उनले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने चेतावनी

168

माघ २१,
बीबीसी, काठमाडौँ -एक स्पेनी टीभीसँगको अन्तर्वार्तामा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा हस्तक्षेप गरेमा उनले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने चेतावनी दिएका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देश गृहयुद्धमा होमिने वा नहोमिने विषय अमेरिका र उसका मित्रशक्तिका क्रियाकलापमा निर्भर रहने बताएका छन्।

‘यसको सजिलो जवाफ छैन। यो सबै उत्तरी सामाज्य र उसका मित्रशक्तिको पागलपन र बलमिच्याइँमा भर पर्छ। हामी त आफ्नो देशमा बस्छौँ र चाहन्छौँ कसैले हस्तक्षेप नगरोस्। तर हामी प्रतिरक्षा गर्न पनि तयार छौँ।’ निकोलस मदुरोले भने। राष्ट्रपति निकोलस मडुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्।
त्यसअघि विपक्षी नेता हुवान गुआइदोले एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने बताएका थिए। उनले मदुरोलाई सत्ता छोड्न दबाव जारी राख्ने बताएका छन्।

सत्ता हत्याउने षड्यन्त्र

तर राष्ट्रपति निकोलस मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्।

गत महिना गुआइदोले आफूलाई भेनेजुएलाको नेता घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूको समर्थन जुटाएको थियो तर त्यसले भेनेजुएलामा सत्ताको लागि संघर्ष चुलिएको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको भनी आरोप लगाएका छन्।

उनले सहयोगको बहानामा सैन्य हस्तक्षेप गर्न खोजेको भनी अमेरिकाको सहयोग बहिस्कार गरेका हुन्।

हुवान गुएइदो

कसको पल्ला भारी?

शनिवार राष्ट्रपति मडुरोका समर्थक र गुआइदोमा समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शनहरू आयोजना भएका थिए।

मदुरोलाई भेनेजुएलाको समर्थन जारी छ।

तर शनिवारको प्रदर्शनमा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुएइदोको समर्थनका लागि आह्वान गरेपछि गुआइदोको पल्ला भारी भएको छ।

मदुरोलाई सत्ताबाट हटाउन गुएइदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरू गरेको र मडुरोका मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको बताएका छन्।