एनसेलको कर छलीसम्बन्धी मुद्दाको सुनुवाई विहीबार

210

माघ १७,काठमाडौँ —  एनसेलको कर छलीसम्बन्धी मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणासहितको वृहत पूर्ण इजलासमा विहीबार हुँदैछ । यसअघि पटक–पटक स्थगित र हेर्दाहेर्दैमा राखिएको मुद्दालाई राणा प्रधान न्यायाधीश भएलगत्तै नियमित इजलासमा सारेका थिए ।

एनसेलको मुद्दा राणासहित मीरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको वृहत पूर्णइजलासमा राखिएको हो । यसअघि हेर्दाहेर्दैमा राखेर फैसला हुन लाग्दा न्यायाधीश विश्वम्भर श्रेष्ठले चलखेल देखिएको भन्दै लामो विदामा बसेपछि मुद्दा फैसला हुन पाएको थिएन। अनलाइनखबर