माघ १५
काठमाडौं । प्रदेश ३ सरकारले माघ १६ गते अर्थात भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १६ गते शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो ।
प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीदको सम्मान गर्ने विदा दिने निर्णय गरेको बताइएको छ ।
विगतमा माघ १६ गते सरकारले देशभर बिदा दिने गरेको थियो । पछिल्ला केही वर्षमा संघ सरकारले विदा कटौतीको निर्णय गरेसँगै शहीद दिवसको बिदा पनि कटौती भएको थियो ।