माघ १३,जुम्ला
जुम्लामा एक प्रहरीले ७१२ नागरिकलाई शान्ति सुरक्षा दिने दिनुपर्ने बाध्यता रहेको छ । यहाँ ३०५ को दरबन्दी भए पनि २२० मात्र प्रहरीको सङ्ख्या रहेको छ । जिल्लामा ८५ प्रहरीको दरबन्दी रिक्त रहेको प्रहरी नायब निरीक्षक सीताराम रिजालले बताउनुभयो ।
उहाँले दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा शान्ति सुरक्षामा खटनपटनमा चुनौती रहेको बताउनुभयो । हिउँदको समयमा अत्यधिक चिसो हुने भएकाले थप समस्या सामना गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसोको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइ हुने गरेको प्रहरी निरीक्षक प्रकाशकुमार केसीले बताउनुभयो ।-रासस