भेनेजुयलाको आन्तरिक मामेलामा अमेरिकाले हस्तक्षेप गर्नु हुँदैन् ;अध्यक्ष प्रचण्ड

165

माघ ११,काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकाले भेनेजुयलाका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको प्रति विरोध गरेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। गोइदोले बुधबार कारावासमा आफैंलाई कार्यकारी राष्ट्रपति घोषणा गरेका थिए। जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्यता दिएका थिए। नेकपा अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै भेनेजुयलाको आन्तरिक मामलामा अमेरिकी हस्तक्षेपको विरोध गरेका हुन्। अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने काम गरेको नेकपाको ठहर छ। यहि महिनाको शुरुवातमा निकोलस मडुरोले राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको शपथ ग्रहण गरेका थिए। उनीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लाग्दै आएको छ। निकोलस मदुरोको नेतृत्वमा भेनेजुयला आर्थिक संकटमा गुज्रिएको छ। चर्को मूल्यवृद्धि तथा खाद्यान्न र औषधि अभावका कारण लाखौं जनता विस्थापित समेत भइसकेका छन्।