११ माघ, काठमाडौं
अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै विवेकशील नेपाली दलका नेताहरुले शुक्रबार सामुहिक गिरफ्तारी दिएका छन् । नयाँ वानेश्वरमा संसद भवन अगाडि प्रदर्शनका क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा लगी राखेको छ ।
गिरफ्तारी दिनेमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की,अजिता राई,डा। दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमीलगायतका १८ जना रहेका छन् ।
साथै अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै प्रदर्शन गर्ने चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।