२४ पुस, काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । आज दिउँसो १ बजे बसेको कांग्रेस संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिए ।कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ ।
अघिल्लो साता शंखमूलको एक पार्टी प्यालेसमा कांग्रेस पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवातिर हेर्दै सभापतिको छायाँ सरकारले काम गर्न नसकेको बताएका थिए ।
नेता पौडेलले हाँस्दै छायाँ सरकार बनेको तर त्यसले काम गर्न नसकेको बताएका थिए । पौडेलको भनाइ थियो, ‘प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको छ । अब हाम्रो सभापतिजीले संसदीय दलमा छायाँ सरकार बनाएको, त्यो सरकारले काम गर्न सकेन ।’