पुस २३, २०७५ काठमाडौं स् संस्कृति, प्रर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीले वाइटवडी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। मन्त्री अधिकारीले विमान खरिद प्रकरणमा आफ्नो कुनै संलनता नहुँदा नहुँदै पूर्वाग्रही भएर आरोप लगाएको भन्दै आपत्ति जनाए। मन्त्री अधिकारीले सर्वोच्च अदालतको फैसालाले पनि बोलपत्र आह्वान कानुन बमोजिम नै भएको भनेपछि भुक्तानी रोक्का गर्ने कुनै आधार नभएको उनको दाबी थियो। मैले जिम्मेवारी समाल्नुभन्दा पहिले नै सर्वोच्चको फैसालाले कानुन संवत् भएको भन्नाले रोक्ने कुनै अवस्था थिएु, मन्त्री अधिकारीले भने। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घोटलाका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्ने बताए। निर्दोष नफसोस्, दोषी नउम्कोस्, उनले भने, तथ्यमा आधारित खोजमूलक अनुसन्धान गर्न म पनि सहयोग गर्छु। अनुमानको आधार मलाई दोष लगाइयो। दुस्ख व्यक्त गर्छु। तर समस्याबाट भाग्दिनँ, मप्रतिको विश्वास र भरोसा टुट्न दिन्नँ। संसदको लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारीलाई पनि दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको थियो। यस्तै मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ुकानुनको शासनमा विश्वास गर्ने हो। सम्झौता नहुँदै अदालतमा मुद्दा पर्छ अनि अदालतले प्रकिया ठीक छ भनेपछि मात्रै हामीले ठीक छ भन्नु पर्यो।ु उनले जहाज खरिद सम्झौताअनुसार नै भएको दाबी गरे। ८८.९ मिलियन डलर सन् २०१८ सम्म ११४.४८ स्कालुएसन गरेर मूल्य पुग्यो। उपलब्ध गराएका डकुमेन्ट नहेर्ने, अरूले भनेका कुरा सुनेर डकुमेन्ट बनाउने काम भयो । २३० मेक्सिमम् डकुमेन्ट भनिएको छ। २०१६ पछिका २४२ टनका बन्छन्, उनी भन्छन्, स्पेसिफिकेसन २३० टन हुन्छ। एयर बसका विषयले २०३० सम्म इस्टएसियाका सबै स्थान जान्छ। अष्ट्रेलिया सबैभन्दा टाढा हो। सरकारको बजेटले सातवटा भनेको छ। पहिलो दुईवटा अष्ट्रेलिया जान्छ भन्ने छैन।ु प्राविधिक प्रभाकरचन्द्र मल्लिकले हवाइ उडान संचय कोष र नागरिक लगानीकोषको नाममा रोक्का भएको बताए। उनले जहाजको स्वामित्व नेपाल वायुसेवा निगमको रहेको दाबी गरे। टेक अफ वेट २३० र २४२ मध्ये ३३०-२०० चुज गरेको थियो। त्यो फेम्ली -२३४ होु, उनले भने, यो जहाजको भारवहन क्षमता २३० देखि २४२ टनसम्मको हुन्छ।-थाहाखबर