Wednesday, October 7, 2026
Home समाचार राष्ट्रिय सरोकार तथा समन्वय समितिलको त्रैमासिक कार्ययोजना पारित

राष्ट्रिय सरोकार तथा समन्वय समितिलको त्रैमासिक कार्ययोजना पारित

68

काठमाडौँ, १८ पुस राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले त्रैमासिक कार्ययोजना पारित गरेको छ । समितिको आजको बैठकले कार्यक्षेत्रअन्तर्गतका विषयको कार्ययोजना बनाएको हो । सभापति दिलकुमारी रावल थापाको सभापतित्वमा बसेको बैठकले समितिको कार्यक्षेत्रबारेमा सातवटै प्रदेशमा अन्तक्र्रिया गर्ने निर्णय गरेको छ ।

समितिले पुस २३ गते कर्मचारी समायोजनका बारेमा सरोकार भएका निकायका अधिकारीलाई बोलाएर अन्तक्र्रिया गर्ने जनाएको छ । अन्तक्र्रियामा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सचिव दिनेशकुमार थपलिया, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सचिव राजीव गौतम, आधिकारिक ट्रेड युनियनका अध्यक्ष र महासचिव, सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष एवं सचिवलगायतलाई बैठकमा आमन्त्रण गरिएको समिति सचिव सुदर्शन कुइँकेलले राससलाई जानकारी दिनुभयो । पुस २३ गतेपछि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका बारेमा सरोकार भएका सबै निकायका अधिकारीलाई बोलाएर अन्तक्र्रिया गर्ने कार्ययोजना बनाइएको उहाँले सुनाउनुभयो । -रासस