स्वर्गीय बुद्धिकष्ण लामिछानेः कलाले चिनिएका, राज्यले नचिनेको गहना

151

पुस १४,
भक्तपुर । कलाकारलाई नचिने पनि उनको कलालाई चिन्ने धेरै हुन्छन् । त्यहिँ कलालाई माया गर्नेहरु करोडौं भेटिन्छन् । गायक बुद्धिकृष्ण लामिछाने पनि एउटा त्यस्तै व्यक्ति थिए । उनलाई नचिन्ने धेरै थिए । तर उनको गीतलाई चिन्ने सबै थिए ।
वि.स २०१२ साल साउन १ गते भक्तपुरको बागेश्वरी हालको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा जन्मिएका उनै लोकगायक लामिछाने शुक्रबार १२ बजे निधन भयो । करिव ७ वर्षयता उनी पक्षघातको रोगले थलिए । सात वर्ष घरको पिढिमा नै बसेर उनले बिताए । नेपाली सेनाको प्रशासन तर्फ जागिर जिवनबाट देशको सेवा गरेका स्वर्गीय गायक लामिछानेका धेरै गीतले नेपाली समाजको कथा बोलका छन् ।

२०३६ सालदेखि रेडियो नेपालबाट गीत गाउन सुरु गरेका लामिछानेका पिडिमा बसेर मेरी आमा रुदि हुन् मलाई सम्झेर, पर्नु प¥यो पिर, घासँ काट्ने खुर्केरलगायतका गीत संकलन गरेर आफैँले स्वर दिएका लोक गायक लामिछानलाई बिरामी भएको सात वर्षको अवस्थामा भने निकै सकस भयो । आर्थिक अवस्था कमजोर भएका उनलाई सहयोग गर्न राज्यले खासैँ महत्व दिएन । तर उनको बारेमा खबरहरु बाहिर आएपछि धेरै शुभचिन्तकहरु घरमा नै गएर सहयोग गरे । स्वर्गीय गायक लामिछानेको अवस्था बाहिर ल्याउन संचार माध्यमले सक्दो सहयोग गरेका थिए । त्यसपछि उनलाई माया गर्नेहरु सहयोगका लागि लामिछानेको घर खोज्दै बागेश्वरी पुगे । पछिल्लो समय नेपाली गीत संगीत र गायक बुद्धिकृष्णलाई माया गर्नेहरु कै पहलमा थेपारी लगायतका उपचार पद्धति समेत भएको थियो । ६३ वर्षको जिवनमा ७ वर्ष विरामी भएर थलिएका लोकगायक लामिछानेले शुक्रबार देह त्याग गरे । एउटा राज्यको गहना लोक संगीतको रक्षक सदाका लागि अस्ताए । उनको फेरी गीत गाउने धोको अधुरो रह्यो । भने उनलाई पून माइक समातेर स्टेजमा गीत गाउन लगाएर नाच्ने चाहाना राख्नेहरुको सपना टुट्यो । उपचार र दैनिक सहज बनाउन सहयोग गर्दै आएका सुभचिन्तकहरु प्रयास असफल भयो ।

सुनसान बिदाई
लामिछानेको निधन भएपछि उनको शवलाई दुई घण्टामात्र राखियो । अन्तिम संस्कारका लागि बागेश्वरीको बाल्मिकेश्वर घाटमा लगियो । उनको निधनको खबर सुनेर संचारकर्मी र शुभचिन्तक खोज्दै बाल्मिकेश्वर घाटमा पुग्दा चितामा शरिर जलिरहेको थियो । अन्तिम पटक एक थुंगा फुल चढाएर श्रद्धान्जली दिने शुभचिन्तकहरु चाहना चिताको अग्नी हेरेर श्रद्धा सुमन दिनु प¥यो । घाट भन्दा माफि आएर एकजना भन्दै थिए चर्चित स्वर सुनसान बिदाई भयो । न उनको शवमा कसैले राष्ट्रिय झण्डा ओढायो, न कुनै ठुलो व्यक्तिले श्रद्धान्जली दियो । हार्दिक श्रद्धान्जली स्वर्गीय गायक बुद्धिकृष्ण लामिछाने प्रति ।