Sunday, September 20, 2026
Home समाचार नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन

नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन

97

काठमाडौँ, १३ पुस राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।

सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल९पार्वती०, पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहनुभएको छ ।

आजको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सांसद रामचन्द्र राई र अनिता देवकोटाले समर्थन जनाउनुभएको थियो । बैठकले ‘राहदानी विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकसमक्ष सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक पुस २० गते शुक्रबार दिनको १ बजे बस्नेछ । -रासस