काठमाडौँ, १३ पुस राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।
सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल९पार्वती०, पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहनुभएको छ ।
आजको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सांसद रामचन्द्र राई र अनिता देवकोटाले समर्थन जनाउनुभएको थियो । बैठकले ‘राहदानी विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकसमक्ष सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक पुस २० गते शुक्रबार दिनको १ बजे बस्नेछ । -रासस