पुर्वछाने मगर समाजको राष्ट्रिय भेला फागुन १७ मा हुने

179

पुस १२,
काठमाडौं । पुर्वछाने मगर समाजको राष्ट्रिय भेला माघ १० गते हुने भनिएको, मंगलबार बसेको बैठकले मगर समुदायको महान चाड माघे संक्रान्तीलाई मध्यनजर गर्दै फल्गुण १७ मा गर्ने भनी सर्बसम्म्तीले निर्णय गरेको, मगर समाजका संयोजक डि.एम. पुर्बछाने मगरले नयाँ नेपाल न्यूजलाई जानकारी गराउनुभयो। मगर समाजको राष्ट्रिय भेलालाई मध्यनजर गर्दै आर्थिक,भेला व्यवस्थापन र प्रचार प्रसार उपसमिति उल्लेखित व्यक्तिहरुको संयोजकत्वमा गठन गरिएको छ। आर्थिक उपसमितिमा मान बहादुर पुर्बछाने मगर संयोजक र मोहन पुर्बछाने उपसंयोजक कृष्ण कुमार पुर्बछाने, उत्तम पुर्बछाने रत्न पुर्बछाने सद्स्य रहने गरि उपसमिति गठन गरिएको छ ।

त्यसैगरी भेला ब्याबस्थापन उपसमितिमा एकेन्द्र पुर्बछाने संयोजक र हिमाल पुर्बछाने उपसंयोजक रबिन्द्र पुर्बछाने, टेक बहादुर पुर्बछाने र दिनेश पुर्बछाने सद्स्य हुनेगरी भेला उपसमिति गठन गरिएको छ । साथै प्रचार प्रसार उपसमितीमा उत्तम बहादुर पुर्बछाने संयोजक र एकान्त पुर्बछाने उपसंयोजक भिम पुर्बछाने इलाम, टेक बहादुर पुर्बछाने सिन्धुली र एकेन्द्र पुर्बछाने सिन्धुली सद्स्य रहने गरि उप समिती गठन गरिएको छ ।