भक्तपुरका स्थानीयलाई ‘मनसानघाट’ जोगाउने चिन्ता

293

पुस ११,
भक्तपुर । मानिसको जिवनमा जन्म र मृत्यु संस्कार आफ्नो धर्म परम्परा र अनुसार गरिन्छ । भक्तपुरमा केही वर्ष यता मृत्यु संस्कार गर्ने मसानघाटनै गाएब होला भन्ने स्थानीयलाई चिन्ता लाग्न थालेको छ । हनुमान्ते खोलाको बहाव रातारात परिर्वतन गरेर करोडौंको जग्गा आफ्नो बनाउने चलन केही माफियाहरुले सुरु गरे । त्यो अभियानमा जिल्लाका राजनीतिक दलका नेताहरुदेखि उच्च पदस्थ कर्मचारीहरु समेत साथ रह्यो । ‘अरु त के–के गरे अन्तिमा मरेपछि पोल्ने मसानघाट समेत बेच्ने भए’ स्थानीयको गुनोस यस्तो छ । सूर्यविनायक नगरपालिका ३ का एक स्थानीयले भने ‘पहिला पहिला खोलो फर्काछन् भनेर रातभर आगो बालेर केटाहरु जम्मा पार्नेहरु नै अहिले खोलो बेच्न लागिपरे’ ।

हनुमन्ते नदी किनारमा रहेको केही मसानघाट करिडोरको २० मिटर भित्रको मापदण्डमा पर्ने भएपछि मध्यपुर थिमी नगरपालिकाका स्थानियहरुले त्यसको उचित विकल्प दिन माग गरेका छन् । हनुमान्ते नदिमा करिडोर बन्नुमा भक्तपुका बासिन्दा भन्दा पनि भूमाफिया धेरै खुसी छन्, किनकी हामीसंग ५ रोपनी जमिन होेला उनीहरुले सस्तो मुल्यमा ५० औं रोपनी किनेका छन् । उनीहरुले परापुर्वकाल देखिको घाटलाई विकासको नाममा हटाउन खेजेको आरोप समेत लगाएका छन । मध्यपुर थिमी स्थित वडा नम्वर ३ मा रहेको घाट जग्गा प्लटिगं गर्ने समुहले ४ बर्ष अगाडी रातारात भत्काएका मध्यपुरका ३ का तुल्सिराम कुटुले भने । तर हामी स्थानियहरुले विरोध गरेपछि अस्थाई रुपमा जस्तापाताले घेरिएर घाट निमार्ण गरिदिए । यस घाटमा मध्यपुर नगरक्षेत्रका कुटु, प्याथ लागएत थरका समुदायले मृत्युपछिको अन्तिम संस्कार गर्ने गरेका छन । यता थिमी नगरपालिका ४ स्थित प्रजापति समुदायले अन्तिम संस्कार गर्ने घाट संगै रहेको पाटी सडक र पुल निमार्णको नाममा दुई बर्ष अगाडी नै भत्काइसकेका छन । जुन स्थाममा मृत्यु सस्कार गर्ने गरिन्थ्यो । अहिले वाटो मै राखेर मृत्यु संस्कार गर्नु पर्ने वाध्यता रहेको स्थानियह प्रजापति समुदायको भनाई छ । यस्तै थिमीकै ४ नम्वर वडामा रहेको शंखधर चोक वाट दधिकोट जाने वाटको पुल संगै रहको एउटा घाट भने भत्काइ सकेको छ । त्यसको अवशेसको रुपमा रहेको व्रम्हनाल भने व्यवारिसे अस्थामा छ भने दाँया पछि रहेको घाट समेत करिडोरको मापदण्ड भित्र पर्ने भएपछि स्थानिय मानन्धर र रंजित समुदायका स्थानियहरु चिन्तित बनेका छन । हनुमान्तेनदि आसपासमा करिडोर बनेपछि जमिनको प्लानिङ्ग गरेहरुलाई घडेरीको मुुुुल्य त दोब्बर हुने भयो ।

तर जग्गा किन्न आएका मानिस मसानघाट देखेपछि पूनः फर्किएर नआएपछि उनीहरुलाई त्यस्ता केहीघाट ढुंङ्गा भयो स्थानीयले भने । नेपाल सरकारले केही वर्ष यतादेखि नदिको दायाँबायाँ सडक बनाउने नीति लिएको छ । जसमा भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा मंसिर ११ गते मंगलवार करिडोर निर्माणको शिलान्यास भयो । यो खबरले सबैलाई खुसी लाग्यो । तर करिडोर त बनाउने त्यसभित्र पर्ने सयौं वर्षदेखि मध्यपुरका नेवार समुदायले मृत्यु संस्कार गर्दै आएका मसानघाटको विकल्प के ? मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ का रमेश प्रजापतिले प्रश्न गरे । यसको विकल्प खै ? दुई वर्ष अगाडी मध्यपुर अस्पताल हुदैं सूर्यविनायक नगरपालिका तर्फ जाने सडक बनाउदा घाटसंगैको पाटी नासियो । ठेकेदारले तुरुन्तै बनाउछुँ भन्यो तर अहिलेसम्म बनेन् । हामी अहिले कसैको मृत्यु भएर ल्याउदाँ नेवारी परम्परा अनुसार गर्नु पर्ने विधि सडकमा लाश राखेर गर्न बाध्य छौं, उनले भने । यता मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले हनुमन्ते करिडोर निमार्ण संगै जग्गा एकिकरण आयोजना संचालन गरेकाले आयोजना भित्रै घाटलाई व्यवस्थापन गर्ने बताए । नगरभित्र रहेको सांस्कृतक सम्पदाहरुको संरक्षण दायीत्व नगरपालिकाको भएकाले करिडोर निमार्ण घाटलाई असर नपर्ने नगरपालिकाको भनाई रहेको छ ।

स्थानीयसंग छलफल गरेर विकल्प तयारी पारिने बताए । पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रू. ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको हो ? भक्तपुरका चारओटै नगरपालिका हुने बग्ने हनुमन्ते नदीको कुल लम्बाइ नौ किमि छ । त्यसपछि यो नदी बागमतीमा मिसिन्छ । करिडोर निर्माण अन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने छ । आगामी दुई वर्षभित्रमा हनुमन्ते करिडोर निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।