Home अर्थ भक्तपुरमा पुस २६ गतेदेखि तेस्रो ईलेक्ट्रोनिक्स एक्सपो हुदैं

भक्तपुरमा पुस २६ गतेदेखि तेस्रो ईलेक्ट्रोनिक्स एक्सपो हुदैं

0

पुस ५,
भक्तपुर । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघले ईलेक्ट्रोनिक्स एक्सपो–२०१९ आयोजना गर्ने भएको छ ।
विहिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा यहिँ पुस २६ गतेदेखि ३० गतेसम्म भक्तपुरको सल्लाघारीमा तेस्रो ईलेक्ट्रोनिक्स एक्सपो– २०१९ आयोजना हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिएका छन् ।
उपभोक्ताई स्थानीय बजार मै गुणस्तरीय विद्युतीय सामाग्रीहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य आयोजकको छ ।
एक्स्पोमा विभिन्न ब्राण्डका मोवाईल, केबल टिभी, लिड टिभी, एलईडी, फ्रिज, वासिङ्ग मेशिन, एसी, कुकिङ्ग रेञ्ज, कम्प्युटर, ल्यापटप, माईक्रोओभन, ईन्टरनेट, भ्याकुम क्लिनर, सोलार, ईन्भटर, व्याट्री, हिटर, फाईन, बिभिन्न ब्राण्डका कम्प्युटर, कम्प्युटर सरफ्टवेयर, ल्यापटप, सीसी क्यामरालगायतका सामाग्री हुनेछन् ।
१ सय ७० स्टल हुने एक्सपोमा भक्तपुरका करिब १ सय ५० व्यवसायीहरु सहभागी हुनेछन् ।
जसमा एक्स्पोमा भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रे र सिन्धुपाल्चोकसम्मका दुई लाख जना भन्दा बढी उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
एक्स्पो अवधीभर उपभोक्ताका लागि बिभिन्न सामानहरुको खरिदमा १५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छुटदिने व्यबस्था गरिएको छ । प्रवेश शुल्क रु ५० तोकीएको एक्स्पो संयोजक माधवप्रसाद प्रजापतिले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here