कात्तिक २१,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौं जोरपाटीबाट साँखु सडक खण्डमा गाडीभित्र बसेर जादाँ समेत ढाड भाचिने अवस्था रहेको बताएका छन् । उनले यस्तो अवस्था आएपछि आफुले ठेकेदारलाई फोन गरेर “तपाईलाई पनि मेरो गाडीमा राखेर ढाड भाच्ने गरि हिडाउछुँ” भनेको उनको सो कार्यक्रममा खुलासा गरेका छन् । एक निसान ट्रकभरिको रोडाले खाल्डा पुरिने भएपनि निर्माण व्यवसायीले ध्यान नदिदाँ दैनिक लाखौैै यात्रु र हजारौं सवारी साधन जोखिममा पर्ने नेता नेपालको भनाई छ । विकाश निर्माणको काममा सरकारको तर्फबाट अनुगमन कम भएको समेत नेता नेपालले बताएका छन् । सूर्यविनायक वडा नं. ५ मा सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दिपावली, छठ, नेपाल संम्वत् ११३९ तथा ल्होछार पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता नेपालले भने “विकाशको लागि सबैले आफैले कर्तव्य पुरा गर्नु पर्दछ ।”
नेपालका सडकमा सानो खाल्डो हुदाँ कसैको ध्यान नजाने र मानिसको मृत्यु भएपछि मात्रै ध्यान जानु दुःखद पक्ष भएको नेता नेपालले बताए ।
“सबैभन्दा पहिले हामीले जातभन्दा पनि म नेपाली हुँ भन्ने भावना लिनुपर्दछ, जातिय कुरा बोक्ने हो भने देश रुवाण्डा हुन्छ,” नेपालले भने ।
वर्तमान नेकपाको दुई तिहाई सरकाले देशमा विकाश निर्माण र अन्य कार्यहरु गर्दै गइरहेकोले आगामी केही वर्षमा सम्वृद्ध हुने उनको भनाई हरेको छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, तथा सांसद महेश बस्नेतले आगामी पाँच वर्ष भित्रमा भक्तपुरलाई विकसित तथा समृद्ध बनाउने उद्घोष गरेका छन् । सांसद बस्नेतले विकासको नाममा राजनीतिकरण गर्नु नुहुने भन्दै भक्तपुरलाई विभाजित नभई एकतावद्ध बनाउनुपर्नेमा जोड दिए ।