कविताः युद्ध घोषणा

137

-जानु काम्बाङ्ग लिम्बु,

न तिमीलाई बुझ्न सकें मैले
न मलाई बुझ्न सक्यौ तिमीले
तेसै तेसै मोडिए पाईलाहरू
उचालेर संकाको पहाड ।

तिमीले चड्दै गयौ संकाको पहाड
म डुब्दै गएँ धैर्यताको पोखरीमा
बिस्तारै, हाम्रो दुरी हिमाल झैं
अग्लिदै गयो ।

माया प्रेमका सागर गहिरिंदै गयो
हाम्रो बाचा, कसमहरू
कोहि तिमी संगै भिर पहरामा अल्झिए
कोहि म संगै वारि कोहि पारि भएर
किनारा भरि छरिए ।

बिछोडको करौंतीले जिन्दगी रेटिएपछि
हामीले गाँसेको पिरतीको
पुल पनि खोई कुन्नि कुन बेला
चुँडियो थाह पत्तै भएन
जिन्दगीको यात्रा दोसाँधमा पुगेर
बाँधिनु अघि टुट्यो
हाम्रो कम्जोर बाचा बन्धन ।

त्यै बेला मैले सम्झें
बिछोड हुनु अघिको गोधूलि साँझ
तिमीले मिर्मिरे रुमाल हल्लौंदै
पालामको भाका सुसेलेर
मलाई ईसाराले डाकेको ।

अनि सोंचे तिमीले घमण्डको
पहाड नचढ्नू पर्थ्यो
मैले पनि धैर्यताको बाँध नफुटाईकन
सगार भै तिम्रो चाहानाका डुंगाहरू
तारिरहनु पर्थ्यो,

भै गो, अब जे हुनु भै गो
आऊ बरु, जे होला
संगै मायाको दियालो
बालेर अन्धकारको
मैदानमा युद्द बिरामको
घोषणा गरौँ ।

साहित्यकार लिम्बु ताप्लेजुङ्गमा जन्मिनु भएको हो, उहाँ हाल बेलायतमा बसोबास गर्नु हुन्छ ।