अब चीन हुँदै तेस्रो मुलुक

67

भदौ २३,
काठमाडौं । तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको छ ।दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ । काठमाडौंमा बुधबार र बिहीबार चलेको बैठकले सन् २०१६ मा नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिएको हो । नेपालले प्रयोग अनुमति पाएको समुद्री बन्दरगाह मुख्यतः दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, लाओस, भियतनाम र कम्बोडिया नजिक छन् । नेपालले अहिलेसम्म भारत र चीनबाहेक तेस्रो मुलुकसँग व्यापारका लागि भारतको कोलकाता र विशाखापटनम बन्दरगाह प्रयोग गर्दै आएको छ । चिनियाँ बन्दरगाह प्रयोगले नेपाललाई चीननजिकको देशबाट सामान आयातनिर्यातमा सजिलो हुनेछ । नेपालसहित १५ वटा देशसँग चीनको सीमा जोडिएको छ ।