मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउदैं

137

भदौ ६,
काठमाडौं । मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाएका छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । घन्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ ।