लोक, आधुनिकदेखि तीजसम्म

188

भदौ ३,
काठमाडौं । करिब दुई दर्जन बढी नयाँ गीत भित्रिने सांगीतिक क्षेत्र यो साता भने केही सुस्ताएको छ । अर्थात, यो साता नेपाली संगीतिक क्षेत्रमा करिब एक दर्जन हाराहारीका नयाँ गीत संगीत मात्र भित्रिएका छन् । संख्याका हिसावले कमि देखिए पनि भेराइटीमा लोक, आधुनिक देखि तिज सम्मका गीत भित्रिएका छन् । यस्ता छन्, यो साता बजारमा भित्रिएका नयाँ गीत संगीतः
‘द वाइल्ड रिपर्स क्रू’
भारतमा समेत ख्याति प्रँप्त नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रू’ लाई फिचर गर्दै गायक सन्तोष कालिकोटे आफ्नो नया“ गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।गायक सन्तोष कालीकोटेको स्वरको नया“ गीत ‘जालैमा जालैमा।।।’ को उक्त म्युजिक भिडियो बुधवार सा“झ सार्वजनिक भएको हो । उक्त गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत छ भने गोपाल रसाइलीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।द वाइल्ड रिपर्स क्रू केही वर्षअघि स्टार प्लसद्वारा प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु’ को फाइलिष्ट रहिसकेको समुह हो । समुहले नेपाल तथा भारतका थुप्रै स्टेज कार्यक्रमहरुमा उत्कृष्ट नृत्य प्रस्तुत गरिरहेको छ ।‘जालैमा।।’ गीतमा वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि फिचर गरिएको छ ।अर्जुन अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।