Friday, September 18, 2026
Home राजनीति नेकपा सिन्धुपाल्चोकको विवाद उत्कर्षमा

नेकपा सिन्धुपाल्चोकको विवाद उत्कर्षमा

165

भाद्र १,
सिन्धुपाल्चोक । नयाँ नेतृत्व चयनका विषयमा भएको विवाद उत्कर्षमा पुगेको छ । सांसद सरेश नेपालसहित पूर्व जिल्ला अध्यक्ष हस्त पण्डित, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, युवा नेता शशीनाथ आचार्य, अशोक चौलागाईंलगायत आठ जना पूर्व एमालेको एक समूहले विज्ञप्ति नै निकालेर जिल्ला नेतृत्वका लागि भएको भनिएको सिफारिसप्रति घोर आपत्ति जनाएसँगै विवाद उत्कर्षमा पुगेको हो ।वडाध्यक्ष्यद्वय ईश्वर तिमल्सिना, चरीबहादुर तामाङ, माधवप्रसाद आचार्य र अध्यक्षका दाबेदार बालकृष्ण देउजासहितको हस्ताक्षरमा जारी विज्ञप्तिमा पार्टी पद्दतिविपरीत नेतृत्व सिफारिस भएप्रति आपत्ति जनाइएको छ । उनीहरुले विज्ञप्तिमार्फत गरिएको भनिएको सिफारिस नसच्याए कडा कमद चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।माओवादीको प्रचण्ड लाइन र एमालेको माधव नेपाल लाइनका नेताहरु मिलेर केन्द्रमा सिफारिस गरेको नेतृत्वको नामप्रति एमालेको केपी शर्मा ओली लाइन र माओवादीको प्रचण्डतिर लाइनका नेताहरुले आपत्ति जनाएका हुन् । सिन्धुपाल्चोकको पूर्वमाओवादीमा भने प्रचण्ड लाइन भन्दा पनि नेता अग्निप्रसाद सापकोटा र उनीतर्फको फरक लाइन छ ।पूर्वएमाले र माओवादीका केही नेताले अध्यक्षमा पूर्वएमालेका पूर्वअध्यक्ष झम्क नेपाल, ईन्चार्जमा पूर्वमाओवादीका तर्फबाट कृष्णप्रसाद सापकोटा र सचिवमा पनि पूर्वमाओवादीबाटै चन्द्र थापा र अमृता नेपाललाई सिफारिस गरेको छ ।पूर्वएमालेले नेतृत्व सिफारिसका लागि सात सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रहेका ओली समूहका दुई सदस्यः सरेश नेपाल र हस्त पण्डित काठमाडौंमा नभएको बेला बैठक बसेर सहमति भएको भन्दै जबरजस्त नाम सिफारिस गरिएको बताइएको छ ।यसले नेकपा सिन्धुपाल्चोकमा दीगो रुपमा नै विवाद कायम राख्ने सम्भावना बढाएको छ ।