गर्भपतनबारे ट्वीट गर्दा जागिर खोसियो

98

साउन १५,
बीबीसी । क्रिकेट अष्ट्रेलिया (सीए) मा काम गर्ने एक महिलाले तास्मानियामा गर्भपतन सम्बन्धि सेवाको आलोचना गरेका कारण जागिर गुमाउनुपरेको जानकारी दिएकी छिन् । ३९ वर्षीया एन्जेला विलियमसन जूनसम्म क्रिकेट अष्ट्रेलियासँग सम्बद्ध क्रिकेट तास्मानियामा सरकारी सम्बन्ध प्रबन्धक थिइन् । एन्जेलाले सरकारविरुद्ध ट्वीट गरेकोमा आफूलाई जागिरबाट निकालिएको बताएकी छिन् । यसबारे टिप्पणी दिँदै क्रिकेट अष्ट्रेलियाले ‘आक्रामक टिप्पणी’ सहन नसक्ने बताएको छ । तास्मानियाको शल्यक्रियामार्फत गर्भपतन गराउने एकमात्र क्लिनिक बन्द हुनु यो विवादको कारण बनेको छ । बढ्दो खर्च र मागमा कमीका कारण यो क्लिनिक बन्द गरिएको थियो । जसका करण एन्जेला विलियमसन र अन्य महिला गर्भपतनका लागि अष्ट्रेलिया जानु पर्यो ।
तास्मानियाको उक्त क्लिनिक बन्द हुँदा गर्भपतनका लागि टाढा जानुपर्ने र खर्च पनि अत्यधिक हुने गरेको एन्जेलाको भनाई छ ।अब एन्जेलाले क्रिकेट अष्ट्रेलियाविरुद्ध कानूनी कारवाही गर्ने निर्णय गरेको छ ।

के थियो ट्वीट ?

एन्जेलाले संसदमा गर्भपतनबारे दिइएको एक सांसदको भाषणमा ट्वीट गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘संसदमा अहिलेसम्मको सबैभन्दा गैर जिम्मेवार, बकवास र लापरवाह भाषण ।’ क्रिकेट अष्ट्रेलियाले एन्जेला विलियमसनलाई २९ जूनमा दिएको निष्कासन ९टर्मिनेशन० पत्रमा यो ट्वीट उल्लेख गरिएको थियो । फेयरफ्याक्स मिडियामा प्रकाशित यो पत्रमा लेखिएको छ, ‘तपाईंको भूमिकामा क्रिकेट तास्मानिया र क्रिकेट अष्ट्रेलियाको सरकारमा सम्भव भएसम्म सर्वोत्तम तरिकाले प्रतिनिधित्वको माग छ ।’ ‘तपाईंले गर्नुभएको ट्वीट मूल रुपमा यो भूमिकाको आवश्यकता अनुसार उपयुक्त छैन ।’