साउन ११,
बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मुलुकको समृद्धि अभियानमा सरिक हुन अपिल सबै पक्षसँग अपिल गर्नुभएको छ । आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले आयोजन गरेको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाशले यो अभियानमा कुनै सरकार पक्ष र प्रतिपक्षी हुन नहुने आग्रह गर्नुभयो । “चुनाव र सरकार सञ्चालनको जिम्मेवारी तोकिएको अवधिका लागि हुन्”, प्रकाशले भन्नुभयो, “विगतको चुनावी तुष राखियो भने विकास र समृद्धिको अभियानले गति लिँदैन ।” समृद्धि आम नेपालीको साझा चाहना र आकांक्षा भएकाले जनतासँग नाता जोड्ने सबैले यसमा खुला र सहयोगी भूमिका दिनुपर्ने उहाँको जोड थियो । समारोहमा प्रवक्ता प्रकाशले जनतालाई सुशासनको अनुभूति दिलाउन भ्रष्टाचारमुक्त सेवा प्रवाह संघीय, प्रादेशिक र स्थानीय सरकारका प्रतिनिधिले दिनैपर्ने बताउनुभयो ।